नेपाल शान्ति सेनामा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक
himalpress.com · Fri May 29 07:35:43 GMT 2026

काठमाडौँ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ।
कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन्। सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका ५९ जना शान्ति सेना पनि रहेको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ।
Read full story at source (himalpress.com)