लेभान्तेलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा
kendrabindu.com · Mon Sep 14 02:19:19 GMT 2026
काठमाडौं । लामिन यामलले हानेका २ गोलको मद्दतमा लेभान्तेलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ४–२ गोलअन्तरले हराएको हो।
जितसँगै बार्साले दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ। खेलको पाचौँ मिनेटमा नै जाभी एस्पार्टको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको १९ औँ मिनेटमा लामिन यामलको गोलमा बार्साले अग्रता दोब्बर पार्यो। उनले ४८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो पारे।
Read full story at source (kendrabindu.com)