विश्वकपअघि फ्रान्स र स्पेनको कमजोर प्रदर्शन
gorkhapatraonline.com · Sat Jun 06 01:06:04 GMT 2026
विश्वकप फुटबल–२०२६ को प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको फ्रान्स शुक्रबार आफ्नै मैदानमा भएको मैत्री खेलमा आइभरिकोस्टसँग २–१ ले स्तब्ध भएको छ । गुवेला डोईले एक गोल गर्नुका साथै अर्को गोलमा एसिस्ट गरेपछि विश्वकपअघि खेलिएको अभ्यास खेलमा आइभरिकोस्टले जित हात पा¥यो । सो खेलमा गोलकर्ता डोईका भाइ डिजाइरे डोई फ्रान्सेली टिमको बेन्चमा हुनुहुन्थ्यो ।
खेलको छैटौँ मिनेटमै डोईको पासमा अमाद डियालोले गोल गरेपछि फ्रान्स पछाडि परेको थियो । पूर्वार्धको अन्तिम मिनेटमा रायन चर्कीले गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याउनुभयो । त्यसपछि किलियन एम्बापे, माइकल ओलिसे र चर्कीको उत्कृष्ट प्रयासलाई आइभरिकोस्टका गोलरक्षक याहिया फोफानाले विफल पारेपछि फ्रान्स अग्रता लिनबाट वञ्चित भएको थियो । खेल सकिन आठ मिनेट बाँकी छँदा निकोलस पेपको पासमा डोईले गोल गरेपछि आइभरिकोस्टले खेल जित्यो ।
Read full story at source (gorkhapatraonline.com)