गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, सरकार र सत्तारुढ दलको आएन शुभकामना
ratopati.com · Fri May 29 08:10:31 GMT 2026

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र १९ वर्ष प्रवेशका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै विगतको परम्परा तोडिएको हो ।
प्रधानमन्त्री बालेन्द्र(बालेन) शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहेनन् । यद्यपि उनले विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्राचार गरेका थिए । गणतन्त्र दिवसको समारोहलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा नहुने बताए ।
Read full story at source (ratopati.com)