बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीमा आकर्षित
nepalpress.com · Mon Sep 14 02:53:19 GMT 2026

भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् ।
विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताए । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उनको भनाइ छ ।
Read full story at source (nepalpress.com)