फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो
khabarhub.com · Mon Sep 14 03:20:23 GMT 2026

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आजतजावत अवरुद्ध भएको थियो ।
आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ ।
Read full story at source (khabarhub.com)