जनकपुरधामको होटलबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ
hamrakura.com · Sat Jun 27 00:00:00 GMT 2026
काठमाडौँ । धनुषाको जनकपुरधामबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट शनिबार ‘इगल र्याप्टर’ लेखिएको काठको बडी जडान भएको पेस्तोलसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधिर मुखिया रहेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूको साथबाट पेस्तोलका साथै ९ एमएमको एक थान गोली, ६.६५ एमएमको एक थान गोली र एउटा म्यागजिन समेत बरामद गरिएको छ।
Read full story at source (hamrakura.com)