सुर्खेतमा बस दुर्घटना हुँदा ३६ जना घाइते
lokaantar.com

सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
Read full story at source (lokaantar.com)