बाढीपछिको पुनर्निर्माणका लागि पूर्वाधारमन्त्रीले रोजे केपी ओलीका 'विश्वासपात्र' !
corporatenepal.com · Mon Sep 14 03:52:54 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । भोटेकोसी बाढीबाट प्रभावित जिल्लामा पुनर्निर्माणको काम अघि बढाउन मन्त्री लम्सालले ज्ञवालीलाई जिम्मेवारी दिएका हुन् । भदौ १० गते भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि भदौ १३ गते ज्ञवालीलाई विज्ञ सल्लाहकार नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
ज्ञवालीले यसअघि २०७२ सालको भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । विपद्पछिको पुनर्निर्माणमा उनको अनुभवलाई उपयोग गर्ने उद्देश्यले मन्त्रालयले सल्लाहकारको जिम्मेवारी दिएको अधिकारीहरूको भनाइ छ । बाढीपछि मन्त्रालयले क्षतिको विवरण सङ्कलन तथा पुनर्निर्माणको योजना बनाउन कार्यदल गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित टोलीले विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) गरिरहेको छ । उक्त कार्यदलमा ज्ञवालीले सहजीकरण गरिरहेका छन् ।
Read full story at source (corporatenepal.com)