बदलिँदैछन् सरकारी अस्पताल, बढ्दैछ नागरिकको भरोसा
lokaantar.com

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ निवासी सालिकराम सापकोटा आफ्नो नियमित स्वास्थ्य जाँच र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आउजाउ गर्न थालेको लामो समय भयो। केही वर्ष अघिसम्म अस्पताल पुग्दा जीर्ण पूर्वाधार, उपकरणको अभाव र अस्तव्यस्त व्यवस्थापन देख्दा सापकोटा वाक्क हुन्थे।
अस्पतालको सेवा देखेर बरु निजी महँगो शुल्क तिरेर भए पनि निजी अस्पतालमा जाऊँजस्तो पनि मनमा आउँथ्यो। तर, अहिले भने, सकेसम्म यहीं उपचार गराउन पाए हुन्थ्यो भन्ने सापकोटालाई लाग्छ। ‘अहिले ठूलो अस्पताल बन्दैछ। उपचार सेवा चलिरहेका भवन पनि सबै राम्रा र नयाँ छन्,’ सापकोटा भन्छन्, ‘जाँचका लागि उपकरण र दक्ष जनशक्ति उपलब्ध छन्। सस्तोमा राम्रो उपचार हुन्छ।’
Read full story at source (lokaantar.com)