कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी
nepalsamaya.com · Mon Sep 14 04:17:11 GMT 2026

काठमाडौं- त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सडक विभागले असोज १ गतेदेखि उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
२०८३ भदौ १० र १४ गते आएको विनाशकारी बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि सडक विभागले नयाँ मार्ग निर्माण तथा सडक पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्दै आएको छ।
Read full story at source (nepalsamaya.com)