असोज १ गते देखि कृष्णभीरको नयाँ ट्र्याक सञ्चालनमा आउने
kendrabindu.com · Mon Sep 14 04:38:20 GMT 2026

काठमाडौं । बाढीले कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा आउँदो १ असोजदेखि सवारीसाधन पूर्णरूपमा सञ्चालन हुने भएका छन्। १४ भदौमा त्रिशूलीमा आएको बाढीले भासिएको सडकभन्दा १५ मिटरमाथिबाट खुलेको नयाँ ट्र्याकमा सवारी सञ्चालन गर्न लागिएको हो।
नयाँ ट्र्याक खोलेको सडकमा अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएर ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। त्यस क्षेत्रको सडक सुधारका लागि कृष्णभीरमा सडक विभागका प्राविधिक टोली खटिएका छन्। सडक भासिएको ७ दिनपछि २० भदौमा ‘डाइभर्सन ट्र्याक’ खोलिएको थियो।
Read full story at source (kendrabindu.com)