शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
clickmandu.com · Mon Sep 14 04:51:00 GMT 2026

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ ९३ पैसा रहेको छ । बैंकले यस चुक्ता पुँजीको ६ प्रतिशतका दरले हुन आउने ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले हुन आउने ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Read full story at source (clickmandu.com)