विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
baahrakhari.com · Mon Sep 14 04:55:17 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् । मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका निम्ति महत्त्वपूर्ण रहेको बताए ।
प्राप्त सुझावलाई समेटेर नयाँ पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे । उनले काठमाडौंमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गरिनुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)