शैली थिएटरले दुई नाटक मञ्चन गर्ने
gorkhapatraonline.com · Mon Sep 14 05:04:56 GMT 2026

काठमाडौँ, भदौ २९ गते । लोकप्रिय नाट्य संस्था ’शैली थिएटर’ले १८ सेप्टेम्बर २०२६ देखि दुई विशेष नाटक मञ्चनको तयारी गरिरहेको छ। रसियन हाउस’को साझेदार संस्थाका रूपमा समेत काम गर्दै आएको सो संस्थाले १८ सेप्टेम्बरदेखि एन्टोन चेखोभको लोकप्रिय एकांकी नाटक ’द स्वान सङ’को नेपाली रूपान्तरण 'अन्तिम गीत’ प्रस्तुत गर्नेछ। त्यसैगरी, २३ सेप्टेम्बरदेखि महेश पौड्यालको मौलिक नेपाली नाटक ’भावमल्ली’ मञ्चन गरिनेछ । दुवै नाटकको निर्देशन नवराज बुढाथोकीले गरेका हुन्। नाटक काठमाडौँको कमलपोखरीस्थित रसियन हाउसको प्रेक्षालयमा मञ्चन हुनेछन्।
शैली थिएटरका अनुसार ’अन्तिम गीत’मा वरिष्ठ कलाकार तथा अभिनय गुरु (आरोहण गुरुकुलका संस्थापक) सुनील पोखरेल र अभिनेत्री सब्बु गुरुङको अभिनय रहनेछ। यसमा उत्सव बुढाथोकीले संगीत संयोजन गर्नेछन्। नाटकमा समावेश गीतहरू स्वयं पौड्यालले नै लेखेका हुन्।
Read full story at source (gorkhapatraonline.com)