भोटेकोशी बाढीले दिएको पीडाको गीत ‘ए नदी, ए हिमाल’
gorkhapatraonline.com · Mon Sep 14 05:01:20 GMT 2026

भदौ १० गतेको त्यो बिहान, जब भोटेकोशीमा उर्लिएको बाढीले घर मात्रै होइन, मानिसका भरोसा, स्मृति र भविष्यसमेत बगायो। त्यही त्रासदीको प्रतिध्वनि बनेर आएको छ डीडी पन्तको गीत—‘ए नदी ए हिमाल’।
घाम लागेको बिहान थियो। आकाश पनि नीलै थियो‘उक्त गीतका शुरुवाती बोल हुन् शब्दहरु। यी शब्दहरुले मानिसहरुको स्वाभाविक दैनिकी र प्रकृतिसँग उसको अन्तरक्रियाको पृष्ठभूमि दर्शाउँछ । मानिसहरू आफ्ना दैनिक काममा थिए। कसैका लागि रोजीरोटीको दिन थियो, कसैका लागि यात्राको, कसैका लागि परिवारसँगको सामान्य बिहान। तर केहीबेरमै त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो।
Read full story at source (gorkhapatraonline.com)