ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि गर्न तालिम
ratopati.com · Fri May 29 11:08:56 GMT 2026
सङ्खुवासभा । ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ।
नेपाल ब्याडमिन्टन सङ्घ र सङ्खुवासभा ब्याडमिन्टन सङ्घद्वारा आयोजित उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर सहभागी छन् । तालिममा अन्तरराष्ट्रियस्तरका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यावहारिक अभ्यास तथा निर्णय प्रक्रियासम्बन्धी प्रशिक्षण प्रदान गरिने तालिमका मुख्य प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सचिव दीपक थापा रहेका छन्।
Read full story at source (ratopati.com)