सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस शेयर दिने
bishowkhabar.com · Mon Sep 14 05:51:32 GMT 2026

काठमाडौं– सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)