बिहान ७ बजे खुल्छ प्रशासनको ढोका
gorkhapatraonline.com · Mon Sep 14 05:57:10 GMT 2026

सामान्यत: सरकारी कार्यालय खुल्ने समय कुर्नुपर्ने झापाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो कार्यशैली केही फरक बनाएको छ । बिहान ७:०० बजे नै कार्यालयको ढोका खुल्छ । कर्मचारी काममा जुट्छन् र राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि पालो पर्खिरहेका सेवाग्राहीको काम सुरु हुन्छ ।
बिहान ७:०० बजेदेखि सेवा सुरु गर्ने यो अभ्यास केवल कार्यालय चाँडो खोल्ने निर्णयमा सीमित छैन । लामो समयदेखि अनलाइन आवेदन गरेर बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो कुरिरहेका नागरिकको सङ्ख्या घटाउने उद्देश्य रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले अहिले ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन सुरु गरेको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)