विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
annapurnapost.com · Mon Sep 14 06:08:38 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु गरेका हुन्।
उनीहरुबीच प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्री सचिवालयले जनाएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण हालसम्म १३८८ जनाको शव फेला परेको छ भने ५१३० बेपत्ता रहेका छन्।
Read full story at source (annapurnapost.com)