अब चुप लाग्दैनौँ, ‘आईपीओ खोल्न नदिने हो भने स्पष्ट भनिदिनुप¥यो, यसरी रोकिराख्न भएन’
arthasansar.com · Mon Sep 14 06:20:01 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाहरूको प्रारम्भिक सेयर निष्कासन लामो समयसम्म स्वीकृत नहुँदा ऊर्जा प्रवद्र्धकहरूले वित्तीय तथा सामाजिक दुवै प्रकारका समस्या भोग्नुपरेको बताएका छन् । ‘अर्थ संसार’सँगको कुराकानीमा अध्यक्ष डाँगीले सरकारको लक्ष्य र व्यवहारिक कामबीच तालमेल हुन नसकेको भन्दै धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जलविद्युत आयोजनाहरूको सेयर निष्कासन स्वीकृतिमा भइरहेको ढिलाइले आयोजना निर्माणमा प्रत्यक्ष असर परेको बताएका हुन् ।
उनका अनुसार धितोपत्र बोर्डले करिब ४२ देखि ४४ महिनादेखि ३४ वटा जलविद्युत आयोजनाको प्रारम्भिक सेयर निष्कासन प्रक्रिया रोकेर राखेको छ । ती आयोजनाबाट करिब १७ अर्ब रुपैयाँ बराबरको आईपीओ र करिब २० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन हुन नसक्दा कुल ३७ अर्ब रुपैयाँ बराबरको रकम बजारमा आउन नसकेको अध्यक्ष डाँगीको भनाइ छ ।
Read full story at source (arthasansar.com)