‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने
arthadabali.com · Mon Jun 22 07:11:13 GMT 2026

काठमाडौं / कपनगढी सिनेमा प्रालि। र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने संगीतमा अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाको योगदान रहेको छ ।
Read full story at source (arthadabali.com)