म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
ratopati.com · Sat Jun 27 11:14:40 GMT 2026

तनहुँ । म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा गरेको छ । गाउँपालिकाको झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई रु पाँच लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाको लोगो अङ्कित झण्डासहित सगरमाथा आरोहण गर्ने व्यक्तिलाई रु पाँच लाख प्रोत्साहन अनुदान प्रदान गरिने बताए । नेपालको गौरवको प्रतिक सगरमाथासँग गाउँपालिकाको नाम जोड्ने तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको उनले बताए ।
Read full story at source (ratopati.com)