भोटेकोशी बाढी : नुवाकोटमा २,६९५ जना अझै बेपत्ता
annapurnapost.com · Mon Sep 14 06:47:37 GMT 2026

नुवाकोट : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ। विदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोटमा हालसम्म २ सय २ वटा शव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जसमध्ये पहिचान भएका ३७ वटा शव सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। भोटेकोशी बाढीपछिको नुवाकोटको पछिल्लो अवस्थाको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीमा परेर स्वदेशी र विदेशी गरि २ हजार ६ सय ९५ जना अझै बेपत्ता रहेका छन्। जसमध्ये विदेशी महिला १ सय ५४ जना, विदेशी पुरुष १ सय २० जना तथा बाँकी सबै नेपाली रहेका छन्।
Read full story at source (annapurnapost.com)