‘हामीले उनीहरूको जासुसी गरेजस्तै चीनले पनि हाम्रो गुप्तचरी गर्छ’: ट्रम्प
clickmandu.com · Mon Sep 14 06:52:38 GMT 2026

एजेन्सी । तीनजना अमेरिकी सैनिकको मृत्यु हुने गरी भएको घातक क्षेप्यास्त्र आक्रमणअघि चिनियाँ निकायहरूले इरानलाई भूउपग्रह तस्बिरहरू उपलब्ध गराएको एक प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार ‘हामीले उनीहरूको जासुसी गरेजस्तै’ चीनले पनि ‘हाम्रो जासुसी गर्छ’ भनी बताएका छन् ।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई वाल स्ट्रिट जर्नलको एउटा समाचारबारे सोधिएको थियो । त्यसमा तेहरानले जुलाई १७ मा गरेको क्षेप्यास्त्र आक्रमणअघि चिनियाँ निकायहरूले जोर्डनस्थित मुवाफ्फाक साल्ती एयर बेसको उच्च–रिजोल्युसन भूउपग्रह तस्बिरहरू इरानलाई उपलब्ध गराएको आरोप लगाइएको थियो ।
Read full story at source (clickmandu.com)