विश्व मञ्चमा गुञ्जियो नेपालको पीडा
annapurnapost.com · Mon Sep 14 06:50:22 GMT 2026
रियाद : नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मञ्चबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत १० सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेनरबाचेविरुद्ध भएको खेलमा एएस रोमाका खेलाडीहरू ‘नेपालका लागि एकसाथ’ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए। जर्सीमा संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रमको चिन्हसमेत राखिएको थियो।
नेपालको विपदलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यले एएस रोमा र विश्व खाद्य कार्यक्रमको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। खेलाडीहरूले प्रयोग गरेको विशेष जर्सी लिलामी गरी त्यसबाट प्राप्त रकम नेपालका विपद प्रभावित समुदायको राहतमा प्रयोग गरिने जनाइएको छ।
Read full story at source (annapurnapost.com)