मधेस प्रदेशमा रास्वपाको संगठन अडिट कार्य तीव्र, कुन कुन जिल्लामा भयो अडिट ?
ratopati.com · Mon Sep 14 07:13:20 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा संगठन अडिट (लेखाजोखा) को काम सुरु गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम गठित ‘मधेस प्रदेश संगठन अडिट समिति’ ले स्थलगत रूपमै पुगेर काम सुरु गरेको हो । भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा अडिट समिति गठन गरेको थियो ।
मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन समिति बिहीबार मधेस प्रदेशको सिमरा पुगेको थियो । मधेसमा अधिवेशन सफल भएको पर्सा जिल्लाबाट समितिले शुक्रबारदेखि अडिट कार्यको थालनी गरेको एक सदस्यले जानकारी दिए ।
Read full story at source (ratopati.com)