अध्यक्ष लिङ्देनलाई ज्ञानेन्द्र शाहीको जवाफ: ‘जनता कसैका दास होइनन्, त्यो भोट रास्वपाकै हो’
barnanmedia.com · Mon Jun 22 08:03:41 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको सार्वजनिक रूपमा प्रतिवाद गर्दै जनता कसैको दास नभएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहीले चुनावमा प्राप्त हुने मत कुनै व्यक्ति वा दलको निजी सम्पत्ति नभएको उल्लेख गरेका हुन्। उनले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केही नेताहरूले व्यक्त गरेको ‘हाम्रो भोट रास्वपालाई गयो’ भन्ने धारणा लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
Read full story at source (barnanmedia.com)