कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?
shilapatra.com · Fri May 29 12:43:16 GMT 2026

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गरेको छ । तलब वृद्धि गरेसँगै मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् ।
सबै तहका कर्मचारकिो सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । त्यस्तै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशतबराबर मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताए ।
Read full story at source (shilapatra.com)