कांग्रेस इतर समूहको आकस्मिक बैठक आह्वान, के छ एजेण्डा ?
sutranews.com · Mon Sep 14 07:31:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको आकस्मिक बैठक आह्वान गरिएको छ । संस्थापन समूहले १५औँ महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट सोमबार इतर समूहले आकस्मिक बैठक बोलाएको हो । चुनदेवीस्थित इतर समूहको कार्यालयमा सोमबार दिउँसो २ बजे बस्नेगरी आकस्मिक बैठक आह्वान गरिएको हो । बैठकमा १५औँ महाधिवेशन, समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठक आह्वान गर्नुअघि सोमबार बिहान पूर्वसभापति शेरबहादुर देउवा निवासमा इतर समूहका नेताहरुबीच छलफल भएको थियो ।
Read full story at source (sutranews.com)