साउदीमा हुथीको पुनः हमला तेल पूर्वाधार निशानामा, चार शहरमा हाई अलर्ट अबहा–खमिस मुशायतसहित चार शहरमा सुरक्षा चेतावनी
newsofnepal.com · Mon Sep 14 07:31:25 GMT 2026

काठमाडौं ।
यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः ड्रोन तथा क्षेप्यास्त्र हमला तीव्र पारेका छन् । पछिल्लो घटनाक्रममा साउदी अरबका दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा सुरक्षा चेतावनी जारी गरिएको छ भने महत्वपूर्ण तेल पूर्वाधारमाथि भएको आक्रमणले विश्व ऊर्जा बजारमा समेत दबाब बढाएको छ । साउदी नागरिक सुरक्षा निकायले सोमबार नाजरान, खमिस मुशायत, जाजान र अबहा क्षेत्रमा सम्भावित खतराको चेतावनी जारी गरेको थियो । केही समयपछि ती क्षेत्रका लागि ‘अल क्लियर’ अर्थात् तत्कालको खतरा टरेको सूचना पनि जारी गरिएको छ । इरानी सञ्चारमाध्यमहरूले अबहा र खमिस मुशायत आसपासका क्षेत्रमा नयाँ आक्रमण भएको दाबी गरेका छन् । यद्यपि ती दाबीको स्वतन्त्र पुष्टि तत्काल हुन सकेको छैन ।
Read full story at source (newsofnepal.com)