ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
kendrabindu.com · Sat Jun 27 11:17:28 GMT 2026

जकार्ता । टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रा. लि. र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
समझदारीपत्रमा ग्लोकल प्रा.लि.का अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिम ले हस्ताक्षर गरेका हुन् । यस सहकार्यमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षा सम्बन्धी विश्वव्यापी अनुभव र ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गर्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याइनेछ ।
Read full story at source (kendrabindu.com)