शङ्करबेली सिमसारमा ढकमक्क फूलले पर्यटक भरिभराउ
tourismface.com · Fri May 29 13:01:13 GMT 2026

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो ।
फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताए ।
Read full story at source (tourismface.com)