बाढीपछि निरन्तर कटानले दर्शनटार जोखिममा, १५० घरधुरी स्थानान्तरणको तयारी
bishowkhabar.com · Mon Sep 14 07:43:25 GMT 2026

काठमाडौं–भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको नदी कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार आसपासको क्षेत्र जोखिममा परेको छ ।
बाढीको डुबानपछि नदीको बहाव परिवर्तन हुँदा त्यस क्षेत्रमा निरन्तर कटान भइरहेको स्थानीयले बताएका छन् । कटानका कारण बस्ती नै जोखिममा परेपछि दर्शनटार आसपासका करिब १५० घरधुरीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
Read full story at source (bishowkhabar.com)