भोजपुरमा ग्यास अभाव : उपभोक्ता दाउरा र कोइला बाल्न बाध्य
annapurnapost.com · Mon Sep 14 07:43:42 GMT 2026

भोजपुर : भोजपुरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदै गएको छ। बजारमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती खेप्नु परिरहेको छ। ग्यास अभावले सदरमुकाम भोजपुर बजार क्षेत्रका कतिपय उपभोक्ता खाना पकाउन दाउरा र कोइलाको सहारा लिन बाध्य भएका छन्।
विशेषगरी जिल्लाको सदरमुकाम भोजपुर बजार क्षेत्रमा ग्यासको समस्या बढी देखिएको छ। नियमित रूपमा ग्यास उपलब्ध नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर स्थानीय डिपो तथा बिक्री केन्द्र धाउनुपर्ने अवस्था आएको छ। स्थानीय डिपोहरूले समेत मागअनुसार ग्यास उपलब्ध गराउन नसक्दा उपभोक्ताको समस्या झन् बढेको हो।
Read full story at source (annapurnapost.com)