ट्रफी जितेर फर्किने वाचा पूरा गर्न सफल भयौं : कप्तान सन्दीप
onlinekhabar.com · Mon Sep 14 07:50:46 GMT 2026
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मलेसियामा पुगेका नेपाली समर्थक तथा देशभरबाट साथ दिएका समर्थकलाई पनि धन्यवाद व्यक्त गरे । ‘हामी जाँदा एउटा वाचा गरेका थियौं- ट्रफी लिएर नेपाल फर्किने । आज त्यो वाचा पूरा गर्न सफल भएका छौं । यो सबै नेपाली समर्थकको माया र साथको परिणाम हो’ उनले भने ।
Read full story at source (onlinekhabar.com)