बाल दिवसमा रमाए ‘जेनजी शहीद’का सन्तान र बाढी प्रभावित बालबालिका
corporatenepal.com · Mon Sep 14 07:42:45 GMT 2026

नुवाकोट । पीडाको प्रकृति फरक, तर चोट एउटै । कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोहिचाहिँ यही भदौ १० को भोटेकोशी–त्रिशूली बाढीको प्रकोपबाट घरबार र आफन्त गुमाएका ।
तर बालबालिकाको लागि यी पीडाका बीच पनि खेल्नु, रमाउनु, मनोरन्जन गर्नु बालअधिकारको अनिवार्य अन्तरवस्तु थियो । यसैलाई मनन् गर्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले त्रिशुली नदी किनारमा राष्ट्रिय बाल दिवस कार्यक्रम आयोजना गर्यो, जहाँ बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानहरु एकै थलोमा बसेर रमाए । एकअर्काबीच चिनजान गरे, मित्रता गाँसे । अनि, बाल दिवस मनाए ।
Read full story at source (corporatenepal.com)