बजेटले कृषिलाई बढी प्राथमिकता दिएको देखिन्छ - उपाध्यक्ष श्रेष्ठ
arthasansar.com

नेपाल उद्याग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटले कृषिलाई बढी प्राथमिकता दिएको बताएका छन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले सार्वजनिक गरेको बजेट पछि अर्थसंसारसँग छोटो प्रतिक्रिया दिदैँ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले दिएका केही सुझाबहरु बजेटमा समावेश भएको र कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हेर्नुपर्ने उनले बताए । कच्चा पदार्थको भन्सार महशुल घटाउने, व्यक्तिगत रुपमा १० लाखसम्मको कर नलाग्ने कुराहरुले सकारात्मक प्रभाव पार्ने श्रेष्ठको भनाइ छ । नगद अनुदाननका विषयमा यो बजेटमा केही कुरा पनि उल्लेख नभएको अवस्थाले केही मात्रामा गारो देखिने सम्भावना रहेको उनले बताए ।
Read full story at source (arthasansar.com)