हर्मुज जलयोजकमा इरानद्वारा अत्याधुनिक अमेरिकी ड्रोन नष्ट, तनाव झन् चर्कियो
clickmandu.com · Mon Sep 14 08:06:21 GMT 2026

एजेन्सी । इरानी सेनाले हर्मुज जलयोजकमा अत्याधुनिक अमेरिकी ड्रोन नष्ट गरेको बताएको छ जुन तनाव कम हुने कुनै संकेत नदेखिएका बेला तेहरान र वाशिङटनबीच भइरहेका चेतावनी र प्रत्याक्रमणहरूको पछिल्लो शृंखला हो ।
इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले सोमबार आफ्नो ‘नयाँ अत्याधुनिक एयरोस्पेस प्रतिरक्षा प्रणाली’ ले हर्मुज जलयोजकमा एक अत्याधुनिक एमक्यू–१ ड्रोनलाई रोकेर नष्ट गरेको बताएको छ यद्यपि उक्त ड्रोनको अभियान (मिसन) बारे थप विवरण दिइएको छैन । एमक्यू–१ अमेरिकी रक्षा कम्पनी जनरल एटमिक्सद्वारा निर्मित हो र ऐतिहासिक रूपमा मुख्यतया अमेरिकी वायुसेना र सीआईएद्वारा सञ्चालित हुँदै आएको छ ।
Read full story at source (clickmandu.com)