सरकारले हालसम्मकै ठूलो वैदेशिक ऋण लिनेगरी बजेट ल्यायो : कांग्रेस सांसद राई
onlinekhabar.com · Fri May 29 13:47:39 GMT 2026

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले हालसम्मकै बढी वैदेशिक ऋण उठाउनेगरी बजेट ल्याएको टिप्पणी गरेका छन् । शुक्रबार बजेट वक्तव्यपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले सार्वजनिक ऋण पनि ३० खर्ब नजिक पुगेको बताएका हुन् ।
‘प्रस्तावित बजेटको आकार राष्ट्रिय योजना आयोगले १८ खर्ब, ९७ अर्बको आकार दिएकामा प्रस्तावित बजेटमा २१ खर्ब २४ अर्बको आयो । यो दिएको सीमाभन्दा १२ प्रतिशतले बढी छ,’ उनले भने, ‘यसको स्रोतलाई हेर्ने हो भने राजस्वमा १४ खर्ब ७ अर्ब, वैदेशिक ऋणमा २ खर्ब ४७ अर्ब छ । यो हालसम्मको सबैभन्दा धेरै वैदेशिक ऋण हो ।’
Read full story at source (onlinekhabar.com)