सडकको बहाना बनाएर तरकारी–फलफूलमा उच्च मूल्यवृद्धि, सरकार मौन
ratopati.com · Mon Sep 14 08:43:44 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकामा तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ। एकातिर चाडबाड, अर्कोतिर बाढी–पहिरोले यातायात अवरुद्ध भएको बहाना बनाएर तरकारी र फलफूलमा अस्वभाविक मूल्य वृद्धि भएको छ ।
तीजका लागि जडीबुटीस्थित तरकारी मण्डीमा हरियो तरकारी किन्न पुगेकी शोभा महर्जन तरकारीको भाउ सुनेर अकमक्क परिन् । उनले भनिन्, ‘एउटा टमाटर, एउटा प्याज, एउटा काउली किन्न पर्ने स्थिति आइसक्यो । किलोमा किन्न सक्ने अवस्था नै रहेन ।’
Read full story at source (ratopati.com)