कैलालीमा होटेल राति १२ बजेसम्म सञ्चालन गर्न पाइने
baahrakhari.com · Mon Sep 14 08:44:00 GMT 2026

धनगढी । कैलालीमा होटेल राति १२ बजेसम्म सञ्चालन गर्ने पाउने व्यवस्था गरिएको छ । होटेल तथा व्यवसाय यसअघि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका ‘स्तरीय’ होटेल राति १२ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । होटेल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि ‘स्तरीय’ होटेल थप दुई घण्टा सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।
Read full story at source (baahrakhari.com)