अनिश्चित बन्दसत्रले महाधिवेशन लम्बिने संकेत, घुमघाममा प्रधानमन्त्री शाह
nagariknews.nagariknetwork.com · Mon Jun 22 09:35:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र अनिश्चित बनेको छ। पहिलो महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। पार्टी प्रवक्ता मनिष झाले बन्दसत्र सुरु हुन अझै एकाध घण्टा लाग्ने जानकारी दिए।
पार्टी उच्च स्रोतका अनुसार, मधेश प्रदेशका ८ मध्ये पर्साबाहेकका अन्य जिल्लाबाट प्रतिनिधि छनोट भइनसकेकाले बन्दसत्र प्रभावित भएको हो। ती जिल्लामा विवादलगायत कारण अधिवेशन हुन सकेको थिएन। सभापति रवि लामिछानेसहितले अधिवेशन पछि गर्ने गरी भरतपुरबाटै ती जिल्लाबाट प्रतिनिधि छनोटको प्रयास गरिरहेका छन्। यद्यपि सहमति हुन बाँकी रहेको ती नेताको भनाइ छ।
Read full story at source (nagariknews.nagariknetwork.com)