नेपालको अन्तर्राष्ट्रिय व्यापार बढ्यो
nagariknews.nagariknetwork.com · Mon Jun 22 10:10:48 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो ।
भन्सार विभागको तथ्यांकअनुसार, ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो ।
Read full story at source (nagariknews.nagariknetwork.com)