एफआईएको मोस्ट वान्टेड सूचीमा मसूद अजहर, खोजीका लागि ७० लाखको इनाम घोषणा
barnanmedia.com · Mon Sep 14 09:23:09 GMT 2026

जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरमाथि पाकिस्तानले ७० लाख पाकिस्तानी रुपैयाँको इनाम घोषणा गरेको छ। पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले सार्वजनिक गरेको मोस्ट वान्टेड सूचीमा अजहरको नाम राख्दै उक्त इनाम घोषणा गरेको हो।
अक्टोबरमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को बैठक हुनुअघि पाकिस्तानले अजहरमाथि इनाम घोषणा गरेको हो। आतंकवादी गतिविधिमाथि प्रभावकारी कारबाही नगरेको आरोप खेप्दै आएको पाकिस्तानले अन्तर्राष्ट्रिय दबाबबीच यस्तो कदम चालेको बताइएको छ।
Read full story at source (barnanmedia.com)