नेसपाको नेतृत्व चयनका लागि आज मतगणना
emountaintv.com · Wed Feb 12 03:51:19 GMT 2025

२०८१,१०,३०
नेपाल समाजवादी पार्टी नयाँ शक्तिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना आज सुरु हुँदैछ। गएराति १२ बजे मतदान सकिएको र आज मतगणना सुरु गर्ने तयारी गरिएको पार्टीको निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीले जानकारी दिए। उनका अनुसार निर्वाचन कार्यालयबाटै प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी गरिएको छ। १३ सयभन्दा धेरै प्रतिनिधि भए पनि मतदान राति अबेर भएका कारण ११ सय हाराहारी मात्रै मत खसेको पुरीले बताए। पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी निर्वाचित हुने ९० पदमध्ये ७० पदमा निर्वाचन भएको हो।
Read full story at source (emountaintv.com)