भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
khabarhub.com · Mon Sep 14 09:46:06 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए ।
उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफल उहाँहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए ।
Read full story at source (khabarhub.com)