असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने [भिडियो]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।
सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएको छ । तर सडकमा ग्राभेल बिछ्याउने, सतहगत निकास (सबसर्फेस ड्रेनेज) बनाउने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्ने काम भने बाँकी छ ।
Read full story at source (hamrakura.com)