ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउँदै प्रदेश सरकार
rajdhanidaily.com · Mon Sep 14 09:56:42 GMT 2026

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार गरिरहेको छ । बागमती प्रदेश सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकले परियोजनामार्फत गएको एक वर्षमा एक हजारभन्दा बढी धारा जडान गरेको हो।
कार्यालयले काभे्रपलाञ्चोकमा मात्रै ५५ वटा खानेपानीका परियोजना सम्पन्न गरी चार हजारभन्दा बढी जनसङ्ख्यालाई स्वच्छ खानेपानीको पहुँच पुर्याएकाे छ । ती योजनाबाट जिल्लामा थप चार हजार ७२ नागरिक प्रत्यक्ष लाभान्वित भएको कार्यालय प्रमुख श्रृष्टि ख्वालापालाले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)