प्रधानमन्त्री शाहले बाढीपीडित क्षेत्रका जनप्रतिनिधिलाई दिए यस्तो आश्वासन
himalpress.com · Mon Sep 14 09:57:05 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरेर प्रभावित क्षेत्रको पुनःस्थापना गर्ने तयारी भइरहेको बताए।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै शाहले सडक सञ्जाल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका हुन्।
Read full story at source (himalpress.com)